काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहले तेस्रो चरणको आन्दोलनको घोषणा गर्दै छ। प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको सो समुहले आइतबार दिउसो तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो। दिउसो २ वजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड माधव समूह संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको छ । प्रतिनिधि सभा विघटनको वि?द्धमा राजधानी सहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।