काठमाडाैँ- प्रतिनिधि सभा विघटनविरुद्ध सवोच्च अदालतमा दायर रिटमा आइतबारबाट निवेदकका तर्फबाट वकिलहरुले जवाफी बहस सुरु गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुको प्रतिरक्षा बहस सकिएपछि रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस गर्न लागेका हुन्।
विहिबार प्रधानमन्त्रीका वकिलले प्रतिरक्षा बहस सकेका थिए। दुइ दिनको सार्वजनिक विदा पछि आइतबाट पुन सैवैधानिक इजलासमा बहस सुरु हुँदै छ । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो विरुद्ध विभिन्न १३ वटा रिट दायर भएका थिए।