बुटवल- निर्वाचन आयोगले दलहरुलाई छलफलको लागि बोलाएको छ। सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका बारेमा छलफल गर्न आयाेगले आइतबार नेकपाका दुबै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको हो।
दलहरुसँग निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न लागीएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यस बारे विहान ११ बजे दलहरुसँग छलफल गर्न लागेको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरि आगामी बैशाख १७ र २७ गते चुनावको घोषणा भएको थियो । सरकारको कदम असंवैधानिक भन्दै नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी आन्दोलनमा छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सवोच्च अदालतमा विचाराधिन छ।