बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालहरु पर्टीबाट बाहिर गएर महान शुद्धिकरण भएको बताएका छन्। उनले अहिले पार्टी गतिशिल भएको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुटवलमा भएको आँफूपक्षिय सभालाई सम्बोधन गर्दै ओलीले अहिले पार्टीमा उत्साह आएको बताए।
‘तीन वर्ष पार्टी निस्प्रभावी भएको थियो। गएको ३ वर्ष हामीले यस्तो आम सभा गर्न सक्दैन थियौं। अहिले जनतामा उत्साह छाएको छ।’ उनले भने ‘आन्दोलनले सुद्धिकरण खोजेको थियो । अहिले आँफै महासुद्धिकरण भएको छ ।’ ओलीले आफ्नै पार्टीबाट तीन वर्ष सम्म काम गर्न नदिएको बताए ।
उनले हिजो सञ्चार माध्यममा मनपरी बोल्नेहरु आज बाहिर गएर बोलेको बताए । ‘हिजो पार्टी भित्र बसेर टेलिििभजनमा मनपरी बोल्थे आज बाहिर गएर भनेका छन्।’ उनले भने ।