बुटवल- नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले आउँदो चुनावमा रुकुम र रोल्पामा समेत केपी ओली नेतृत्वको नेकपाले विजयी हात पार्ने दाबी गरेका छन्। नेकपा ओली समुहले बुटवलमा आयोजना गरेको सभामा बोल्दै पोखरेलले लुम्बिनी प्रदेशमा पहिलेको भन्दा बढी ठाउँमा चुनाव जित्ने दाबी गरे।
‘बैशाखमा चुनाव हुन्छ । केपी शर्मा ओलीको पार्टीले पहिलेको भन्दा राम्रो नतिजा ल्याउँछ।’ उनले भने ‘रोल्पा र रुकुममा केपी शर्मा ओली नेतृत्वको पार्टीले विजयीको झण्डा पहराउँर्दै छ भन्ने उद्घोष गर्न चाहान्छु ।’