बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड माधव समुह सडक छाप भएको बताएका छन्। नेकपा ओली समुहले बुटवलमा आयोजना गरेको सभामा बोल्दै उनले अर्को समुहसँग कुनै विकल्प नरहेकोले सडक छाप भएको उल्लेख गरे।
‘जो सडकमा पछारिनु भयो उहाँहरु सडक छाप हुनुभएको छ। उहाँहरुसँग कुनै विकल्प छैन ।’ उनले भने । चुनावमा टिकट पाउन पहिलो अध्यक्ष केपी ओलीकै हस्ताक्षर चल्ने भएकाले अरु विकल्प नभएको रायमाझीले बताए । ‘कि केपी ओलीको सिग्नेचर लिएर चुनावमा जानुपर्यो । कि चोइटिएर बाहिर जानुपर्यो। कि मोहन बैद्यको पक्षमा जानुपर्यो।’ उनले भने।