बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले लोकतन्त्र बचाउन केपी ओली नेतृत्वको पार्टी नै सम्भव भएको बताएका छन्। उनले लोकतन्त्र र गणतन्त्र रक्षा गर्न कसैलाई गुहार्न नपर्ने उल्लेख गरे।
बुटवलमा ओली पक्षले गरेको सभामा बोल्दै भट्टले लिम्पीयधुरा, लिपुलेक र कालापानी नेपालको पक्षमा पारित गराएकाले आफूहरु केपी ओलीको पक्षमा लागेको उनले बताए। ‘हिजोको दिनमा कसैले यो कदम चालेको थिएन। त्यसैले हामी प्रधानमन्त्रीसँग छौं।’ उनले भने। भट्टले आफूहरुबाट चौइटिएर गएकाहरुले शाकाहारी भनेर मांसाहारी आन्दोलन गरेको भट्टले बताए ।