बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको सभामा जना गाउँ गाउँबाट कार्यकर्ता बुटवल आउने क्रम सुरु भएको छ। रुपन्देहीका विभिन्न ठाउँ तथा जिल्ला बाहिरबाट कार्यकर्ताहरु हातमा झण्डा लिएर बुटवल आइरहेका छन्।
बुटवलको दिपनगर स्थित शिद्देश्वर मैदानमा अहिले केही बेरमा सभा सुरु हुँदै छ। सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा रुपन्देहीबाट एक लाख र रुपन्देही बाहेका जिल्लाबाट एक लाख गरी दुई लाखको सहभागीता गराइने दाबी नेकपा ओली समुहको छ ।






