बुटवल- नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह गरेका छन्। शिविरको घोटाला गर्नेलाई कारबाही गर्नका लागि तयार हुनुपर्ने बताए। "जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु", उनले भने। उनले जनयुद्धको नेतृत्व कुहिएको बताएका छन्।
बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व प्रचण्ड कुहिएको बताए। प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले ईतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।
उनले पूर्वजनमुक्ति सेनाका सपनालाई साथ दिन सरकार तयार रहेको भन्दै स्वागत गर्ने बताए। "जनयुद्धका कमाण्डरले तपाईंहरूको बारेमा सोच्नुभएन, आफ्नाबारेमा सोच्नुभयो, आफू शक्तिमा गएपछि तपाईहरूलाई बिर्सिनुभयो"-उनले भने।