बुटवल- बुटवलमा पूर्व जनमुक्ती सेना नेपालको राष्ट्रिय भेला सुरुभएको छ । जनयुद्ध दिवसको अवसरमा उनीहरुले भेलाको आयोजना गरेका हुन्। नेकपा ओली पक्षमा रहेका पूर्वजनमुक्ती सेनाहरु सहभागी भेलामा नेकपाका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, ओली समुहका नेता तथा मन्त्री टोपबहादुर रायमाझी र लेखराज भट्ट लगायत सहभागी छन्।
कार्यक्रममा बोल्दै नेकपा नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिए । उनले जनयुद्ध लडेका, आफन्त गुमाएका पूर्वलडाकु र उनीहरूका परिवारलाई व्यवस्थापन गर्न प्रचण्डले चासो नदिएका कारण पूर्वजनमुक्ति सेना अलपत्र अवस्थामा रहेको बताए।
पार्टीलाई बचाउन केपी ओलीको पक्ष लिएको बताउँदै उनले ओलीमा प्रचण्ड प्रवृत्ति देखिए ओलीको साथ छाड्न कुनै आईतबार नचाहिने बताए । भेला अहिले पनि जारी छ। भेला पछि बुटवलको सिद्देश्वर मैदानमा नेकपा ओली समुहको सभा सुरु हुने छ । सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।