बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले बुटवलमा मोटरसाइकिल र्याली निकालेको छ। फागुन १ गते हुने सभाको प्रचारको लागि नेकपा ओली समुहका युवा विद्यार्थीहरुले मोटरसाइकिल र्याली निकालेका हुन्।र्यालीको मुख्यमन्त्री तथा नेकपा ओली समुहका प्रदेश इन्चार्ज शंकर पोखरेले उद्घाटन गरेका थिए।
राजमार्ग चौराहबाट सुरु भएको र्याली ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो। फागुन १ गते बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।