काठमाडौ-नेकपा नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छिन्। झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएपछि उनले गिरफ्तारी दिएकी हुन्।
घरमै पुगेको प्रहरीले उनलाई थमाएको पुर्जीमा पक्राउको कारण राज्यविरुद्धको कसुर भनिएको छ । राज्यविरुद्धको कसुर सम्बन्धी ऐनको दफा ५८ अनुसार पक्राउ गर्नुपरेको पक्राउ पुर्जीमा उल्लेख छ ।
गिरफ्तारी दिदै उनले लामो समयसम्म गरेको क्रान्तिका उपलब्धिहरुले धेेरै परिवर्तन गरेको भएपनि ती उपलब्धिहरु गुम्दै जान थालेको बताइन्।
'हामीले गरेका क्रान्तिले धेरै परिवर्तन गर्यौ भन्ने लागेको थियो । म जुन पार्टीले बहुमत ल्याएर सरकार बनाएको थियो त्यही सरकार र प्रधानमन्त्रीले गणतन्त्रमाथि जुन आक्रमण भयो, संविधानको पुनबहाली र प्रतिनिधिसभा विघटनको विरोधमा अभिव्यक्त गरेको आधारमा मलाई सरकारले पक्राउ गरेको छ'-उनले भनिन्।
उनले सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताइन्। 'सरकारको अविशिष्ट अधिकार प्रयोग गरेर मलाई बोलेकै आधारमा पक्राउ गर्न पूर्जी जारी गरेको छ म कानुनको मान्यतालाई आधार मानेर राज्यको आदेशबमोजिम म गिरफ्तारी दिएको छु-उनले भनिन्-राज्यको आदेश तामेली गर्न खटिएका सुरक्षाकर्मीमाथि कुनै अमर्यादित व्यवहार भएको भए म क्षमायाचना गर्दछु ।'