काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई विर्सिसकेको बताएका छन्। काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै नेपालले ओलीले मदन भण्डारीको ठाउँमा पशुपति नाथको मन्त्र जप्न सुरु गरेको उल्लेख गरे।
'केपी जी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। अब त्यो नाम पनि विर्सिसक्नुभएको छ । पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ।’ उनले भने ‘पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन्। बत्ति बालेर ओलीले गरेको पाप नपखालिने नेपालले टिपप्णी गरे।
'आम नेपालीले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ पशुपति नाथले पनि त्यही भन्लान्।' उनले भने। सरकारी साधन खर्च गर्दा पनि केप ीओलीको सभाको सभा सानो भएको नेपालको तर्क छ।