काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव समुहका नेता झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्।
काठमाडौँमा आयोजित विरोधसभामा खनालले दुइ वर्षपछि हुने निर्वाचनमा केपी ओलीको देशभर जमानत जफत हुने दाबी गरे। ‘मिष्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौं तपाईले दुइ तिहाइ होइन, जमानत जफल हुनुहुने छ।’ उनले भने‘दुइ वर्षपछिको चुनावमा मेचिदेखी महाकालीसम्म १ सय ६५ निर्वाचन क्षेत्रमा तपाईको जमानत जफत हुँदै छ।’
खनालले १० वर्ष लगाएर बनाएको संविधान ओलीले भत्काएको बताए। प्रधानमन्त्री भएपछि ओलीले केही गर्न नसकेकाे उनकाे भनाइ छ।