काठमाडाैँ- प्रतिनिधी सभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुह काठमाडौँमा शक्ती प्रदर्शन गरेको छ। भृकुटी मण्डपमा अहिले विरोधसभा सुरु भएको छ। सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा, रामकुमारी झाँक्रि लगायतका नेताले सम्बोधन गर्दैछन्।
विरोध सभा अघि प्रचण्ड माधव समुहले काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपाको प्रचण्ड–माधव समुह आन्दोलनरत छ। यसअघि उसले माघ ९ गते पनि काठमाडौंमै विरोध सभा गरेको थियो।