काठमाडाैँ- प्रधानमन्त्री केपी शमौ ओली निर्वाचन आयोग पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाबी गर्न पार्टी अध्यक्ष समेत रहेका ओली निर्वाचन आयोग पुगेका हुन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपामा फुट आएको छ। तर औपचारिक रुपमा पार्टी विभाजन भएको छैन। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।
टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ लगायत रहेका छन्। नेकपा विभाजनपछि दुवै समूहले आधिकारिकता दावी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि समूहलाई मान्यता दिएको छैन्। यस्तै प्रधानमन्त्रीले बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीका बारेपनि जानकारी लिने बताइएको छ।