काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन्। प्रचण्ड माधव समुह निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नारायणहिटी अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका हुन्।
‘केपी ओली रक्षात्मक हुनेतिर गइसके। उनीहरुको डिफेन्सिभ हुने वातावरण बनिसक्यो ।’ उनले भने ‘अस्ति धाकधक्कु मात्रै धेरै लगाए।’ माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने प्रचण्डको भनाइ छ। संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको उनको तर्क छ।