बुटवल- प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन्।
जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन भएको छ। शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए।