काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुल पार्टी कुन हो अलमल गर्ने बेला सकिएको बताएका छन्।
काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मुलपार्टी आफू बोलिरहेको सभाले देखाएको उल्लेख गरे। ‘मुल पार्टी कुन हो, अहिले पनि कोही अलमलमा अन्योलमा परेको छ भने कठैबरा भन्न सकिन्छ।’ उनले भने ‘मुलपार्टी यही हो जहाँ तपाई हामी छौं।’
उनले कम्युनिष्ट पार्टीको मात्र मुलपार्टी होइन । देशकै मुल पार्टी भएको बताए। ओलीले दरबारमार्गमा भएको सभा इतिहासकै ठूलो सभा भएको दाबी समेत गरे।