काठमाडौँ- गृहमन्त्री तथा नेकपाका ओली पक्षका नेता रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिएका छन्। मांसाहारी आन्दोलनले प्रधानमन्त्रीलाई हटाउन खोजिएको भन्दै त्यसो हुन नदिने उनले बताए।
नेकपा ओली समुहले काठमाडौँको नारायणहिटी अगाडि भएको सभालाई सम्बोधन गर्दै थापाले प्रचण्ड माधव समुहको आन्दोलनलाई सफल हुन नदिने बताएका हुन्। ‘मांसाहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गर्ने घोषणा गरेका छन्।’ उनले भने ‘मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानूनले अपराध भनेको छ। मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको जुमा लगेर बन्द गरिने छ।’
प्रचण्ड माधवसमुह अवसरबादी भएको उनले बताए। थापाले दुइ तिहाइ सरकारलाई विस्थापित गर्न सो समुहले सबै प्रकारका भ्रमको साहारा लिएको उल्लेख गरे।