काठमाडाैँ- संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्। बुधबार संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ती भएर सितल निवासमा सपथ ग्रहण भएको थियो। नियुक्तीका विरुद्ध रिट दायर गर्न सभामुख आँफै सर्वोच्च पुगेका हुन्।
उनीसहित विघटित प्रतिनिधि सभाका सांसद शशी श्रेष्ठ र रामकुमारी झाँक्री पनि सभामुखसँगै सर्वोच्च पुगेका छन्। सभामुख सापकोटाले संसद् नभएको अवस्थानमा सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकाय अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए।