काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी ओली समूहले शुक्रबार काठमाडौँको नारायणहिटी अगाडि जनसभा गर्दै छ। जनसभालाई प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सभा अघि काठमाडौँका १६ स्थानबाट जुलुस निस्कने छ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि नेकपाकै प्रचण्ड माधव समूह आन्दोलनमा छ। दुबै समुहले शक्ती प्रदर्शनको लागि भेला र प्रदर्शनलाई तिब्र बनाएका छन्। पछिल्लो समय संवैधानिक निकायमा नियुक्ती भएपछि प्रचण्ड माधव समुह थप आक्रोसित बनेको छ। उसले विहिवार आम हडताल समेत गरेको थियो।