काठमाडाैँ- संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडाैँमा मार्चपास गरेको छ। शुक्रबार विहान उनीहरुले लैनचौरदेखी सितल निवाससम्म मार्चपास सुरु गरेका थिए।
तर प्रहरीले अघि बढ्न नदिपछि पानीपोखरीमै सभा गरेका छन्। मार्चपासमा खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन्।
संसदीय सुनुवाइबिनै विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई बुधबार शितल निवासमा सपथ खुवाइएको थियो। त्यसको नागरिक अगुवा तथा विभिन्न दलले विरोध गर्दै आएका छन्। संवैधानिक नियक्तिको विरुद्धमै नेकपाको प्रचण्ड माधव समुहले विहिवार आम हडताल गरेको थियो ।