पोखरा-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समुहले गरेको आम हडतालका कारण गण्डकी प्रदेशको पनि जनजिवन प्रभावित भएको छ। राजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेनन्। विहानपख भने राजमार्गमा अलपत्र परेका गाडीलाई भने स्कर्टिङ गरेर गन्तव्य सम्म पुयाएका थिए।
गण्डकी प्रदेशको राजधानी पोखरामा फाट्ट फुट्ट निजी गाडी चलेका देखिन्थे। अधिकांश व्यवसाय तथा पसल बन्द छन्। सडकपेटीमा सामान बेच्नेहरुको भने भीड नै देखिन्थ्यो।
ठाउँठाउँमा बन्दकर्ता उभिएर गाडी चल्न रोकिएरहेका थिए ।
सबै तस्वीरहरु: महेश खनाल