बुटवल- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समुहले गरेको आम हडतालका कारण लुम्बिनी प्रदेशको पनि जनजिवन प्रभावित भएको छ। राजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेनन्। विहानपख भने राजमार्गमा अलपत्र परेका गाडीलाई भने स्कर्टिङ गरेर गन्तव्य सम्म पुयाएका थिए।
बुटवलमा फाट्ट फुट्ट निजी गाडी चलेका देखिन्थे। अधिकासं व्यवसाय तथा पसल बन्द छन्। रुपन्देहीमा आन्दोलनकारीको बाक्लो उपस्थिती सडकमा देखिएको छैन। बुटवलको राजमार्ग चौराह, भैरहवाको बुद्धचोक, देबदहको खैरेनी र धकदयीमा बन्दकर्ताहरु सडकमा देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। केही ठाउँमा सडकमा टायर समेत बालिएको छ।
प्रदेशका अन्य जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ। बन्दको क्रममा लुम्बिनी प्रदेशमा अप्रिया घट्ना भने भएको छैन । अहिलेसम्म कहिँ पनि सवारी तोडफोडको घट्ना नभएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।