जनकपुर- बजार बन्द गराउन हिडेका प्रचण्ड-माधव समुहका नेता कार्यकर्ता र प्रहरी बिच जनकपुरमा झडप भएको हो। प्रहरी संगको झडपमा परी नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री रामचन्द्र झा घाइते भएका छन।
जनकपुरको शिव चोकमा बजार बन्द गराउँदै पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध गरेपछि झडप भएको हो। सो क्रममा प्रहरीको लाठीचार्जबाट नेता झा घाइते भएका हुन । उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रचण्ड माधव-समुहका कार्यकर्ताहरुले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड समेत गरेका छन । प्रहरीले सो समुहका दर्जनौ कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।