भैरहवा । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ । यसको असर भैरहवामा आमहड्तालमा कार्यक्रर्ता बाहिर नदेखिएपनि सडकमा भने प्रभाव बिहानैदेखि परेको छ ।
बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द छन भने सार्वजनिक यातायात पनि चलेका छैनन् । निजी सवारीसाधन मोटसाइकल, चारपाङग्रै गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग इरिक्साले गरिरहेका छन ।
भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधै जसो व्यस्त हुने ठाँउ पनि सुनसान छन । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । रुपन्देहीको धकधइ, बुटवलमा बन्दकर्ता देखिए पनि अवस्था शान्तिपूर्ण छ, अहिले सम्म कुनै पनि घटना नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।