काठमाडाैँ- संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्त भइ सिफारिसमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइ सहित विभिन्न आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका हुन्।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। विहान सितलनिवासमा राष्ट्रपतिको विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जबराले आयोगका प्रमुखमा नियुक्ती भएकालाई सपथ ग्रहण गराएका थिए। त्यसै गरी आयोगका प्रमुखबाट सदस्यहरुको सपथग्रहण भएको थियो ।
संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार नियुक्ति फिर्ता गरेका थिए ।