काठमाडाैँ-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधिनक परिषदबाट आएको सुनुवाइ सम्बन्धी पत्र फिर्ता पठाइएकोमा आपत्ती जनाएका छन्। आइतबार सभामुख अग्नीप्रसाद सापकोटाले सुनवाइ सम्बन्धी सक्कलै पत्र परिषदमा फिर्ता गराएपछि तिमिल्सिनाले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ती व्यक्त गरेका हुन्।
सोमबार पत्रकार सम्मेलन गरी उनले अधिकार प्राप्त निकायबाट आएको कागजात संघिय संसदको दुबै सदनको सम्पत्ती भएको उनले बताए। ’प्रतिनिधिसभा विघटन पूर्व संघीय संसदका महासचिव एवं सुनवाई समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको प्रक्रियामा रहेको अवस्थामा सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गर्दछु ।’ उनले भने।
पत्र फिर्ता गर्नुले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास र माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।