बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन्। रिपोर्टर्श क्लव नेपाल लुम्बिनीले शनिवार बुटवलमा गरेको कार्यक्रममा नेतृ संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन्। ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले भनिन् ।
लोकतन्त्रको रक्षाको लागि कांग्रेस आन्दोलनमा आएको संग्रौलाको भनाइ छ। कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको भन्दै उनले संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु त्यसकै संकेत भएको उल्लेख गरिन्। उनले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताइन् ।
न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्ने फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको संग्रौलाको प्रतिक्रिया छ । लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् ।