बुटवल- प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव समुहले आज कैलालीको धनगढीमा विरोध सभा गर्दै छ। विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्ड शनिवार विहान र नेपाल शुक्रबारै धनगढी पुगेका हुन्।
धनगढीको खुल्लामञ्चमा हुने सभामा ५० हजार जना उतार्ने सो समुहले दाबी गरेको छ। विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। १५ गतेबाट प्रचण्ड र नेपाल काठमाण्डौ बाहिरको विरोध सभामा व्यस्त छन्।
माघ १५ गते लुम्बिनी प्रदेशकाे बुटवलमा भएको विरोध सभालाई सम्बोधन गरेका अध्यक्षद्वयले हिजो प्रदेश १ काे विराटनगरको विरोध सभामा सहभागी भएका थिए। आज सुदुरपश्चिम प्रदेशकाे धनगढी पुगेका हुन्।