बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका सूर्य बहादुर भट्टराई मनोनित भएका छन् ।
सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषद बैठकले उनलाई अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । यस्तै रिज्जु श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको जानकारी उनले दिए ।
मानबिकी बिषयमा स्नातक ५५ बर्षिय भटराई यस २०५९ सालमा पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष भएका थिए भने पछिल्लो समयमा रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजको अध्यक्ष छन् ।
यस्तै बैठकले रोल्पा अस्पतालको अध्यक्षमा रोल्पाका फविन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई मनोनित गरेको छ। बैठकले सोमबार निधन भएका प्रदेश ५ कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलप्रति श्रद्धाञ्जली दिएको छ भने उनको सम्मानसहित अन्त्येष्टिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ।