काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुराचारको आरोपबारे छानबिन गर्ने भएको छ ।
शुक्रबार आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोली गठन गरेर अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।
आयोगले महरा तथा ‘पीडित’ रोशनी शाहीकाबारेमा घटना घटेकै दिनदेखिका सन्चार सूचनाको अध्ययन गरिरहेको पनि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले घटनाका सम्बन्धमा नेपाल प्रहरीले हालसम्म गरेका काम–कारबाही तथा पीडित र समाचार बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीको सुरक्षाबारेमा शुक्रबारै पत्राचार गरी जानकारी मागेको छ ।
गएको आइतबार राति भएको घटनाबारेमा सोमबार समाचार बाहिर आएको थियो ।