गुल्मी-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चुनाबको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
केपि शर्मा ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रेसुङा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै मन्त्री ज्ञवालीले बैशाख १७ नजिक भएाले सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान बिलम्ब नगर्न आग्रह गरे ।
‘अवको बिकल्प सडक होइन निर्वाचन हो,’उनले भने,‘हामी जनताको फैसला स्विकार्न तयार छौ हारेर जंगल पस्दैनौ ।’
उनले कोठामा बसेर दुई/चार जना नेता बसेर देश बर्बाद बनाउन थालेपछि प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गरेको बताए ।
समीकरण गरेर गुट निर्माण गर्ने र शक्ति आर्जन गरेर सरकारको बार्गेनिङ गर्नेहरुले प्रतिनिधी सभा बिघटनलाई मात्र हेरेकाले समस्याको हल नहुने भन्दै निर्वाचनबाट जनताको विश्वास कायम गर्र्नुपर्ने ज्ञवालीको भनाई छ ।
उनले नेपालको स्थिरता आफनै साथीहरूलाई हजाम नभएको बताउँदै सरकार गठनदेखिनै टेलिभिजनमा आफुहरुको उछिटो काढ्न प्रतिपक्ष नचाहिएको बताए ।
‘अतृप्त चाहना भएका केहि कमरेडहरुले केपि ओलीका कामभन्दा सत्ता हेरेर असहयोग मात्रै गरे,’ज्ञवालीले भने,‘स्वार्थसिद्ध नभएपछि अविश्वासको प्रस्ताव बोकेर डुलेकाले अहिलेको अवस्था आएको हो ।’ साथै ज्ञवालीले सुशासनका सन्दर्भमा अख्तीयारमा धुलो परेका फाइल सरकारले निकाल्न थालेका पार्टीभित्रै नयाँ तरङ्ग आएको बताए । उनले भष्ट्राचारीको पार्टी, जात र रङ नहुने भएकाले कसैलाई नछोडिने बताए ।