बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरी पनि आन्दोलनको बलबाट प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्। त्यसको लागि सबै राजनीतिक शक्तीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। राष्ट्रिय जनमोर्चाले बिहिबार बुटवलमा आयोजना अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको प्रसितगामी कदमका बिरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताए । ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी र प्रतिगमनकारी हो, संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउंमा उभिनुपर्छ।’ केशीले भने।
विगतमा राजा र पञ्चायत विरुद्धका अन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दल एक भएर संघर्षमा गएजस्तै संसद विघटन गर्नु गलत हो भन्ने शक्तिहरु फेरि कार्यगत एकता गरी अगाडी बढ्नुपर्ने बेला आएको उनले बताए। अध्यक्ष केसीले संसद विघट गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउन सक्ने अवस्था आएको दाबी गरे ।
उनले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टि नभएको उल्लेख गर्दै निर्वाचन भई हालेपनि स्थिर सरकार बन्ने अवस्था नभएको दावी गरे। मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दु अभिवादी तथा वामपन्थी संकीर्णवादी गरी तिन तर्फबाट आक्रमण भइरहेको दावी गर्दै समयमै सचेत हुन नसके राजावादी र विदेशी शक्ति केन्द्रहरुले फाइदा लिन सक्ने केशीको तर्क छ ।
कार्यक्रममा नेकपा मालेका सचिवालय सदस्य गोमालमणी गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताए। क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले संसद विघटन गलत भएपनि संसद पुर्नरस्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गर्दै मिल्ने सकिने उजेण्डाहरुमा एकसाथ भएर अगाडी बढ्न सकिने उल्लेख गरे।
नागरिक समाजका अगुवा पदम कार्कीले प्रधानमन्त्रीको संसद विघटन कदम असंवैधानिक मात्र नभएर प्रतिगामी भएकाले असंवैधानिक कदमलाई सुधार गर्न सकिने उल्लेख गर्दै प्रतिगामी कदम सुुधार गर्न नसकिने बताए। राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापकद्वय डाक्टर माधवराज पन्थी र प्राध्यापक लिलाबहादुर केसी, नेकेपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसी, केपी पोखरेल, हिरालाल धामी लगायतले आ आफ्ना भनाइ राखेका थिए।