काठमाडाैँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले झुटो समाचार छाप्ने गरेको बताएका छन्। प्रेस संगठन नेपालको आँफू पक्षिय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै झुटा समाचार छाप्ने पित पत्रकारीता अहिलेको ठूलो समस्या भएको बताए। उनले अहिले सञ्चारमाध्यमले छापिरहेको समाचार देशको हितमा नभएको उल्लेख गरे।
‘केही पत्रिकार र सञ्चार माध्यमहरु राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न,’ ओलीले भने।
उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए। सञ्चार माध्यमले विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्दै समाचार लेख्ने गरेकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए। आफू निकट पत्रकारलाई निर्देशन दिँदै उनले भने, ‘तपाईहरु स्वार्थका लागि उल्टापल्टा समाचार नपठाउनुस्, नलेख्नुस् । रिस उठ्यो भने झूट समाचार नलेख्नुस् ।’