बुटवल- प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलको ट्राफिकचोकमा नेपाली कांग्रेसको विरोध सभा सुरु भएको छ। सभामा कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्दै छन्। आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले विहान वडा वडामा प्रदर्शन गरेको थियो।
अहिले कांग्रेस बुटवल उपमहानगर समितिको आयोजनामा ट्राफिकचोकमा विरोध सभा सुरु भएको हो। नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।