काठमाडौँ- निर्वाचन आयोगले आज छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ। आगामी बैशाखमा हुने भनिएको निर्वाचनबारे सर्वदलीय छलफल गर्न लागिएको आयोगले जनाएको छ। आयोगले संघ, प्रदेश र स्थानिय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई आयोगको आफ्नो कार्यालयमा बोलाएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। विघटन विरुद्ध सवोच्च अदालतमा समेत मुद्दा परेको छ। मुद्दा विचाराधिन रहेपनि निर्वाचन आयोगले चुनावको तयारी थालेको छ।