काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायाधिसहरुलाई नभेटेको भन्दै संवैधानिक इजलासमा उठेको कुराको खण्डन गरेका छन् । आफू निकटका प्रदेश १ का कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
’सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको छैन। मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको नै छैन,’ उनले भने, ’सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको थिए। शायद चिनेको पनि छैन।’
प्रधानमन्त्री ओलीले पुष ५ गते संसद भंग गरेपछि सर्वोच्च अदालतमा विचाराधीन छ। शुक्रबारको संवैधानिक इजलासमै प्रधानमन्त्री ओलीले चार जना न्यायाधीशलाई भेटेको कुरा उठेको थियो।