दाङ-नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड जस्तो ब्यबहारमा इमानदार अरु काेही नभएको बताएका छन। दाङकाे घाेराहीमा आयोजित सम्मेलनमा उनले प्रचण्डकाे प्रशंसा गरेका हुन । 'प्रचण्ड जस्तो ब्यबहारमा इमान्दार कोहि छैनन्। विध्वंसको अर्को नाम केपि ओली हो´ उनले भने- 'देउबासंगको भेटपछि अब कांग्रेससंग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौं।´
यस्तै उनले केपी ओलीले संविधान बिपरित कार्य गरेकाे राेप लगाएका छन । दाङकाे तुलसीपुरमा प्रचण्ड-नेपाल पक्षले अायाेजना गरेकाे जिल्ला स्तरिय भेलालाई सम्बाेधन गर्न आएका नेपालले पत्रकार सम्मेलनमा संसद बिघटन संविधान बिपरित रहेकाे जिकिर गरे ।`केपी ओलीमा कुनै नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ´उनले भने-`दुई-चार जना चाेइटिएर जादैमा कुनै असर पर्दैन ।´ बिराेध कार्यक्रममा उत्रिएका प्रचण्ड-माधव नेपाल पक्षधरले पछिल्लो समयमा अगुवा कार्यकर्ता भेला गर्दै अघि बढ्ने रणनीतिमा छन। भेलालाई सम्बाेधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षमान पुन लगायतका नेताहरु दाङ आएका छन ।