बुटवल- उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले अब सबै राजनीतिक शक्तीहरु चुनावमा जानुको विकल्प नरहेको बताएका छन्। सरकारले अस्थिताको विकाल्पमा चुनाव रोजेको भन्दै उनले अब देश निर्वाचनमा होमीएको दाबी गरे।
रिपोटर्स क्लव नेपाल लुम्बिनीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रायमाझीले अव सडक नभइ चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह गरे।
रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपालका कारण मुलुक अराजकतातर्फ जान खोजेको आरोप लगाए। उनले सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन प्रतिनिधि सभा भंग गर्न बाध्य भएको उल्लेख गरे। ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खेल सुरु भयो। अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो। त्यसकारण संसद विघटनको बाध्यत्मक अवस्था आएको हो ।’ उनले भने । रायमाझीले प्रचण्ड–माधबकै कारण यो अवस्था आएको दाबी गरे।
उर्जामन्त्री रायमाझीले एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने पक्षमा आफू रहेको बताए। ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अव बस्नु हुँदैन् ।’उनले भने । एमसिसीका बारेमा आफूले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने उनको भनाइ छ।
रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गरे। उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना आँफूले तयार गरेको त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको उनले बताए। ‘तर अन्तिम समयमा सरकार ढल्यो। त्यसको जस अर्कैले लियो ।’उनले भने। नेपालमा हाल उर्जा उत्पादन माग भन्दा बढी नै हुन थालेको रायमाझीले बताए। एक बर्षमा ५ सय मेगावटा थप हुने भन्दै उनले निर्यात गर्ने अवस्था नहुँदा अर्को चुनैतिका आउने उल्लेख गरे। कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञावलिको संचालनमा भएको थियो ।