काठमाडौँ- प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ। बुधबार भएको सुनुवाइले आज पनि संबैधानिक इजलासमा निरन्तरता पाउने छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान, र तेजबहादुर केसी रहेको संंवैधानिक इजलासमा जारी सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो।
रिट निवेदक १३ मध्ये ११ जनाले यो मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्। बुधबार संंवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा भन्नेमै बहस अल्झिएको थियो । आज पनि यही विषयमा बहस हुनेछ ।