काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुको सुनवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गठन गरेको संवैधानिक इजालासमा हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राखेका छन् । इजलासमा अरु न्यायधीश भने यथावत नै छन्।
यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने घोषणा गरेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्णइजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।