बुटवल- प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । पार्टी भित्र आन्तरिक विबाद तिव्र बनेपछि प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आक्रोशित भएको प्रचण्ड माधव समुहले आज प्रदर्शन गर्न लागेको हो ।
रुपन्देहीको बुटवलमा पनि अहिले केही बेरमा विरोध ¥याली सहित सभा गर्न लागिएको नेकपाको प्रचण्ड नेपाल समुहका जिल्ला सचिव निर्मल जिसीले बताए । राजमार्ग चौराहबाट ¥याली सुरु भएर मिलन चोक हुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गरिने उनले बताए ।
सभालाई नेकपाका नेता घनश्याम भुसाल, बामदेब क्षेत्री, दधिराम न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।