दाङ । नेपाली कांग्रेस दाङले प्रधानमन्त्री केपी ओलीले असंबैधानिक कदम चाल्दै प्रतिनिधि सभा बिघटन गरेकाे बिराेधमा प्रदर्शन गरेका छन् । हातमा पार्टीकाे झण्डा र नाक, मुक कालाे मास्कले छाेपेर बिराेधमा उत्रिएका हुन् । घाेराहीकाे विपि चाेक परिक्रमा गरेर तुलसीपुर चाेकमा पुगेर बिराेध सभा गरेकाे हाे । जिल्लाकाे घाेराही, तुलसीपुर र लमहीमा बिराेध सभा सम्पन्न गरेकाे हाे । बिराेध सभालाई केन्द्रीय नेताहरुले सम्बाेधन गर्दै सरकारकाे चर्काे बिराेध गरेका छन् ।