बुटवल- प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ। जस अनुसार रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन हुँदै छ।
कांग्रेस रुपन्देहीका अनुसार क्षेत्र नम्बर १ मा धकदयीमा प्रदर्शन हुने छ। यहाँ कांग्रेस जिल्ला सभापति तथा गत निर्वाचनका प्रत्यासी अब्दुल रज्जाकले सम्बोधन गर्ने कार्यक्रम छ।त्यस्तै क्षेत्र नम्बर २ को कार्यक्रम बुटवलको ट्राफिकचोकमा हुने छ।
कार्यक्रम अघि अस्पताललाइनबाट ¥यालीसुरु भएर अमरपथ, जेसीस चोक हुँदै ट्राफिक चोकमा बिरोध सभा हुनेछ । बुटवलको कार्यक्रममा जिल्ला तथा स्थानिय स्तरका नेताहरुमात्र सहभागी हुने छन्।
भैरहवाको मिलनचोकमा हुने क्षेत्र नम्बर ३ को कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ। क्षेत्र नम्बर ४ को मझ्गवाँमा सोही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित प्रमोद यादब र सालझण्डीमा हुने क्षेत्र नम्बर ५ को प्रदर्शनमा यही क्षेत्रका सांसद भरतकुमार शाहले सम्बोधन गर्ने कार्यक्रम छ।