बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ ओनसरी घर्तिले अहिले नेपाल कम्युनिष्ट पार्टीमा महाभारतको काल्पनीक कथा जस्तै भएको बताएकी छन्।
रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको प्रचण्ड नेपाल समुहको भेलामा बोल्दै पूर्व सभामुख समेत रहेकी घर्तिले एउटै घरमा बसेका आफूहरु महाभारतमा पाण्डव र कौरब जसरी भिड्नुपरेको उल्लेख गरिन्।
‘हामी एकै भाइ थियौं, एउटै घर थियो भनेका थियौं, एउटै साझा लक्ष्य र उदेश्य थियो ।’ घर्तिले भनिन् ‘आज हामी महाभारतको पाण्डव र कौरब जसरी भिड्नु परेको छ ।’
घर्तिले कम्युनिष्ट मिल्दा नेपालमा हरेक ठाउँमा जित्दै गएको, विजयको अभियान अघि बढीरहेको बताइन्। नेपालमा कम्युनिष्टले चाहे जे पनि हुने अवस्था आएको उल्लेख गर्दै कसैको आन्मकेन्द्रीत व्यक्तीबादले विभाजनको अवस्थामा आएको बताइन्।
‘कम्युनिष्ट पार्टी सामुहिक रुपमा चल्छ, सामुहिक निर्णय मान्छ, धेरै मानिसको सुझाबबाट निर्णय निकाल्छ भन्ने हामीलाई लाग्थ्योे।’ उनले भनिन‘ ठूलो महत्वकांक्षा, आत्मकेन्द्रीत व्यक्तीबाद, म भन्दा संसार छैन भन्ने, मैले भन्दा कसैले जानेको छैन अहंकारले यो अवस्था आयो।’ आफ्नो समुहसँग ठूला अस्त्र नभएपनि विचार र सिद्धान्त रहेको घर्तिले तर्क गरिन्। ‘उहाँसँग सबै कुरा होला, तर विचार छैन।’ घर्तिले भनिन्।