गुल्मी –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको जिल्लास्तरिय भेला गुल्मीमा सुरु भएको छ। सदरमुकाम तम्घासमा केहीबेर अघि भेला सुरु भएको हो । भेलालाई सुदर्शन बराल, दिनेश पन्थी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटन भएपछि सत्तरुढ नेकपा विभाजित भएको छ ।
निर्वाचन आयोगबाट औपचारिक रुपमा विभाजनको मान्यता नपाएको भएपनि अलग अलग समुहको रुपमा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गर्दै आएका छन्। जस अनुरुप जिल्ला–जिल्लामा नेता र कार्यकर्ता भेला गरेर आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप नेकपाको प्रचण्ड नेपाल समुहले कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
गुल्मीमा प्रदीप ज्ञवाली ओली पक्षमा छन् भने गोकर्ण विष्ट, रामकुमारी झाक्री लगायतका नेता प्रचण्ड-नेपाल खेमामा छन्।