बुटवल–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको जिल्लास्तरिय कार्यकर्ता भेला रुपन्देहीमा शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल स्थीत एक होटलमा केही बेर अघि सुरु भएको भेलामा घनश्याम भुसाल, ओनसरी घर्ती, विजय पौडेल, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्दैछन् ।
पार्टी विभाजन भएपछि जिल्ला–जिल्लामा नेता र कार्यकर्ता भेला गरेर आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप नेकपाको प्रचण्ड नेपाल समुहले कार्यकर्ता भेलाको आयोजना गरेको हो। आज रुपन्देही सहित लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दियामा भेलाको आयोजना गरिएको छ।
भेलामा नेताहरुले नयाँ परिस्थितिअनुसार पार्टीका नेता कार्यकर्तालाई जानकारी गराउने र आगामी रणनीतिका बारेमा प्रशिक्षण दिने केन्द्रीय सदस्य दधिराम न्यौपाने जानकारी दिए।