काठमाडौं-नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपा र चुनाव चिन्ह सूर्य आफुहरुलाई नै दिने विश्वास व्यक्त गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुरुप आफुहरुलाई नै वैधानिकता दिनुपर्ने बताए।
उनले भने-'हामी वैधानिक र आधिकारिक हौं भन्ने प्रमाण हामीसँग छ, हामी ३ सय जनाकै नागरिकतासहित व्यक्ति नै उपस्थित हुनसक्छौं आवश्यक परेको बेलामा हामीलाई बोलाउनुहोला भनेका छौं, उहाँहरुले हामीलाई संवैधानिक व्यवस्थाअनुसार नै गर्छौं भन्ने विश्वास दिलाउनुभएको छ।'